नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष भट्टराईको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष भट्टराईको निधन

सप्तरी। नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराति निधन भएको छ ।
नेपाल पत्रकार महासङ्घ, सर्लाही शाखाको आज सनिवार हुने साधारण सभामा सहभागी हुन शुक्रबार सर्लाही पुगेका वरिष्ठ पत्रकार भट्टराई सुतेको कोठाभित्रै मृत अवस्थामा भेटिएका हुन्  । सर्लाहीको लालबन्दीदेखि आट किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीमा राति सुतिरहेको अवस्थामा ह्रदयघातका कारण निधन भएको ह‍ो ।

सर्लाहीकै अस्पतालमा पोस्टमार्टमपछि शनिबार नै सप्तरीको राजविराज–७ स्थित उनको घरमा ल्याउने जानकारी नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण देवले दिएका छन् ।
एउटै होटलमा बसेका साथीहरू बिहान चिया खान निस्किँदा उनी न निस्किएपछि उनलाई खोजिएको थियो । उनका चालक हेर्न जाँदा भित्रबाट चुकुल लागेको थियो । उनी राति कोठामा एक्लै सुतेका थिए । उनी सुतेको कोठामा रगत बान्ता भएको तथा उनले सेवन गर्दै आएक‍ो औषधिहरू छरिएको थियो ।
बाहिरबाटै खुलेको र हेर्न मिल्ने एउटा भ्यालबाट सबै दृश्य देख्दा कोठा खोलेर हेर्दा वरिष्ठ पत्रकार भट्टराईको निधन भइसकेको स्थानीय पत्रकारले बताएका छन् ।
पाँच  दशकदेखि सप्तरीको पत्रकारितामा उनको सक्रिय योगदान रहँदै आएको थियोे ।

पछिल्लो तीन वर्षदेखि मधेस प्रदेशमिडिया काउन्सिलको अध्यक्षको जिम्मेवारीमा सम्हाल्दै आएका थिए । वरिष्ठ पत्रकार भट्टराई जीवनकालमा दर्जनौँ पुरस्कारबाट सम्मानित भईसकेका छन् ।
सप्तरीको पत्रकारिता क्षेत्र विकासमा उनको महत्त्वपूर्ण योगदान छ। उनको निधनले सप्तरी जिल्लाको पत्रकारिता क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि ठूलो क्षति भएको सहपाठी राजविराज नगरपालिकाका पूर्वमेयर शैलेश चौधरीले जानकारी दिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);