'कम्युनिष्ट सिद्धिदैछन्' भन्दै बामदेवद्वारा वर्षदिनभित्र मध्यावधि चुनाव हुने ठोकुवा (भिडियो अन्तवार्ता) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

‘कम्युनिष्ट सिद्धिदैछन्’ भन्दै बामदेवद्वारा वर्षदिनभित्र मध्यावधि चुनाव हुने ठोकुवा (भिडियो अन्तवार्ता)

काठमाडौं, १७ मंसिर। पूर्वउप्रधानमन्त्री बामदेव गौतमले मध्यावधि चुनाव हुने ठोकुवा गर्नुभएको छ। माउण्टेन टेलिभिजनको समय सन्दर्भमा शुक्रबार साँझ अन्तवार्ता दिदै मध्यावधि चुनावको तयारी गर्न आव्हान समेत गर्नुभएको छ ।

‘मध्यावधि चुनाव छ महिना कि वर्ष दिनमा हुन्छ, तयारी गरे हुन्छ,’ नेता गौतमले भन्नुभयो । उहाँले अहिलेको गठबन्धन कुनै हालतमा नचल्ने ठोकुवा समेत गर्नुभयो ।
कम्युनिष्टहरु सिद्धिने गौतमले बताउनुभयो । उहाँले भन्नुभयो,‘कम्युनिष्टहरु सिद्धिदैछन् ।’ अहिले कम्युनिष्टहरु भुईमा आइपुगेको टिप्पणी गर्नुभयो ।

‘जनताले कम्युनिष्टलाई हराए, काँग्रेसलाई जिताए । काँग्रेससँगको असैद्धान्तिक गठबन्धनलाई अस्वीकृत गरे,’ गौतमले भन्नुभयो ।
काँग्रेसभित्र प्रधानमन्त्री बन्न ठूलै लफडा हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘काँग्रेसभित्र आधा दर्जन नेता प्रधानमन्त्री बन्न लाइनमा हुनुहुन्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);