चुनाव भए दुबै नेकपाका राम्रा उम्मेदवारलाई भोट हाल्ने गौतमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चुनाव भए दुबै नेकपाका राम्रा उम्मेदवारलाई भोट हाल्ने गौतमको घोषणा

ललितपुर, १४ माघ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैशाखमा चुनाव भए दुबै नेकपाका जनपक्षीय राम्रा उम्मेद्वारलाई भोट हाल्ने घोषणा गर्नुभएको छ। बुधबार ललितपुरमा आयोजित पार्टी एकीकरण घोषणा सभामा बोल्दै गौतमले यस्तो घोषणा गर्नुभएको हो।

‘ प्रतिनिधिसभा पुनर्स्थापना भए दुई वर्ष भित्र पार्टी एकीकरणको काम सम्पन्न हुन्छ, तर बैशाखमा चुनाव भए हामी दुवै पक्षका राम्रा र जनपक्षीय उम्मेद्वारलाई भोट हाल्छौ’ गौतमले भन्नुभयो ।

गौतमले सरकारको नेतृत्व साँढे दुई वर्ष गर्ने दुई अध्यक्षबीचको सहमति तोडेर अध्यक्ष प्रचण्डले गल्ति गरेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ति गरेको बताउनुभयो । दुई पार्टीबीच एकीकरण हुँदा दुई अध्यक्ष राख्ने सहमतिनै गलत भएको गौतमले बताउनुभयो। उहाँले दुई अध्यक्ष शक्तिकेन्द्र र समूहमा बिभाजन भएको बताउनुभयो।

गौतमले २०४७ सालमा माले मक्र्सवादी एकीकरण हुँदाको मोडल नअपनाएका कारण अहिलेको अवस्था उत्पन्न भएको बताउनुभयो । उहाँले नेकपा एकीकरण नभए सम्म आफू कुनै पक्षमा नलाग्ने घोषणा गर्नुभयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);