पूर्व प्रधानन्यायाधीश रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीविरुद्ध अवहेलना मुद्धा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

पूर्व प्रधानन्यायाधीश रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीविरुद्ध अवहेलना मुद्धा

काठमाडौ, १४ माघ । पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ। अधिवक्ता धनजीत बस्नेतले बुधबार अवहेलाना मुद्धा दायर गर्नुभएको हो।

चार पूर्व प्रधानन्यायधीशरुले अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्धामा टिप्पणी गरेको आरोप लगाउदै यस्तो मुघा दायर भएको हो। मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेकौ अभियोगमा उल्लेख छ।

अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसूरदारलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्ने कानुनी व्यवस्था छ ।

चार पूर्व प्रधानन्यायधीशहरुले पुस २४ मा संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने जोड दिएका थिए । मुद्धाको पेशी माघ १५का लागि तोकिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);