अदालतको अवहेलना मुद्धा : वारेस राख्न प्रधानमन्त्रीलाई अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अदालतको अवहेलना मुद्धा : वारेस राख्न प्रधानमन्त्रीलाई अनुमति

काठमाडौ, १० फागुन । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीलाई वारेस राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति दिएको हो ।

लिखित जवाफ आफैँ उपस्थित भएर बुझाएका प्रधानमन्त्री ओलीले सो मुद्दामा वारेस राख्न माग गर्दै निवदेन दर्ता गराएका थिए ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनामा हदैसम्म कारवाहीको माग गर्दै रिट दायर गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);