नारायाणहिटी अगाडि ‘प्रतिगमनलाई’ जुत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नारायाणहिटी अगाडि ‘प्रतिगमनलाई’ जुत्ता

काठमाडौ, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिगमनलाई सांकेतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै त्यसको विरोधमा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यूनियनले सोमबार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रतिगमनको प्रतिमा बनाई जुत्ता हान्ने कार्यक्रम गरेको हो । अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रतिगमन गर्ने सबै मान्छेहरु जनताले लगाइराखेका जुत्ता हान्न लायक छन् भनि साङ्केतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको बताए । उनले भने ‘आज हामीले प्रतिगमनलाई संकेत मात्रै बनाएर जुत्ता प्रहार गरेका छौँ । प्रतिगमन सच्चिएन र प्रतिगमनका मतियारहरुले यस्ता प्रकारका प्रहशन देखाउँदै जाने हो भने हामी प्रतिगमनका बास्तविक मतियारहरुलाई जुत्ता लगाउन पछि पर्दैनौँ ।

सह–संयोजक तामाङले प्रतिगमन कुनै मूल्यमा पनि नस्वीकार्ने बताए । संविधानको पालना, कानूनको पालना र जनमतको सम्मान गर्न प्रतिगमनका मतियारले आफ्नो पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले ‘प्रतिगमन मुर्दावाद’, , ‘असंवैधानिक कु खारेज गर’, ‘प्रतिगामीहरु होसियार’ लगायतका नाराबाजी गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);