प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीच ‘अर्थपूर्ण’ भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीच ‘अर्थपूर्ण’ भेट

काठमाडाैं, १० फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतले नयाँ भवन बनाउने स्थानमा रहेका नेपाली सेनाका संरचना हटाउन निर्देशन दिनुभएको छ ।

सोमबार प्रधानन्यायाधीश राणाले प्रधान सेनापति पूर्णचन्द्र थापालाई बोलाएर भवन बनाउने ठाँउमा रहेका सेनाका संरचना हटाउन आग्रह गरेको हो । सर्वोच्च अदालतले अहिले रहेको भवनको पछाडि नयाँ भवन बनाउँदै छ ।

सेनाले केही जग्गा छोडेर सर्वोच्चलाई हस्तान्तरण गर्नुपर्ने भएकाले त्यस विषयमा छलफल गर्न प्रधान सेनापति थापा सर्वोच्च पुग्नुभएको हो ।

गत पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि त्यसविरुद्ध परेको रिटमा पक्ष–विपक्षमा बहस सकिएको अवस्थामा भएको प्रधानन्यायाधीश र प्रधान सेनापतिबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);