केपी शर्मा ओली र पूर्वअर्थमन्त्री विष्णु पौडेल भ्रष्टाचारमा जोडिएको निलम्बित प्रधानन्यायाधीश राणाको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

केपी शर्मा ओली र पूर्वअर्थमन्त्री विष्णु पौडेल भ्रष्टाचारमा जोडिएको निलम्बित प्रधानन्यायाधीश राणाको आरोप

काठमार्डौ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार सिंहदरबारस्थित महाअभियोग सिफारिस समितिको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वअर्थमन्त्री विष्णु पौडेलसमेत भ्रष्टाचारमा जोडिएको आरोप लगाउनुभयो ।

सर्वोच्च अदालतको भवन निर्माणमा भएको भ्रष्टाचारबारे समितिले सोधेको प्रश्नमा निलम्बित प्रधानन्यायाधीश राणाले पूर्वप्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले समेत सहयोग गरेको जवाफ दिनुभएको थियो ।समितिले राणालाई सोध्नका लागि तयार गरेको ४३ मध्ये आइतबारसम्म ३५ वटा प्रश्न सोधेको छ ।

बयान दिने क्रममा राणाले पूर्व प्रधानन्यायाधीशको समाजलाई मण्डलेको संज्ञा दिँदै भन्नुभयो– ‘पूर्वप्रधानन्यायाधीशहरूको होइन, पञ्चायतका मण्डलेहरूको समाज हो त्यो ।’ सो समाजले राणाविरुद्ध विज्ञप्ति निकालेको थियो ।

जवाफका क्रममा राणाले भवन निर्माणमा भएको भ्रष्टाचार बारेको प्रश्नमा आफूले हस्ताक्षर गरेको कपी नै देखाउनुभयो । समितिले इच्छाराज तामाङ प्रकरणको अडियोबारे सोधेको प्रश्नमा उक्त अडियो आफ्नो नभएको दाबी गर्नुभएको थियो ।
समितिको अर्को बैठक भदौ २८ गते ११ बजे बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);