अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ पेश गर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ पेश गर्न सर्वोच्चको आदेश

SUPREME_COURT

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, सहित चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं अदालतमा उपस्थित आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो । उहाँहरुलाई अदालतामा आफै उपस्थित भएर अवहेलान मुद्धामा जवाफ पेश गर्न आदेशमा उल्लेख छ।

उहाँहरुलाई बिहीबारदेखि लागु हुनेगरी बाटोको म्याद बाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न गरी उपस्थित हुन आदेश दिएको हो । बहालवाला प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर अवहेलना मुद्दामा बयान दिन बोलाइएका नजिर सम्भवतः यो पहिलो हो ।

प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र पूर्व सभामुख दमननाथ ढुंगानाले अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरी बोलेको भन्दै अलग अलग निवेदन सर्बोच्चमा परेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);