लमजुङबाट निर्वाचित सांसद सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लमजुङबाट निर्वाचित सांसद सम्मानित

लमजुङ, १ पुस । नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य २०७९ मा निर्वाचित सांसदलाई सम्मान गरेको छ ।

बेंसीशहर नगरपालिका ३ स्थित काउलेपानीमा शुक्रबार आयोजित महासङ्घको १५ औं साधारण सभामा लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा ९एमाले०का पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित डा। टकराज गुरुङ र भेषबहादुर पौडेललाई सम्मान गरेको हो ।

पत्रकार महासङ्घ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सम्मानित तीनै जनाले जिल्लाको समग्र विकास र सञ्चार क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने बताएका छन् ।

साथै पत्रकार महासंघ लमजुङले विकास खोज पत्रकारिता पुरस्कार जिल्ला शाखाका पुर्व अध्यक्ष सन्तोश पौडेललाई प्रदान गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);