स्वर्गीय पत्रकार कर्ण बोहराको सम्झनामा क्रिकेट प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्वर्गीय पत्रकार कर्ण बोहराको सम्झनामा क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुर, २३ भदौ । कञ्चनपुरका स्वर्गिय पत्रकार कर्ण बोहराको सम्झनामा क्रिकेट प्रतियोगिता हुने भएको छ । महाकाली स्पोटर्स सोसाईटीको आयोजनामा असोज दोस्रो सातादेखि क्रिकेट प्रतियोगिता हुने भएको हो ।

शनिबार महाकाली स्पोट्र्स सोसाईटीले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै १७ आसोजदेखि १ कार्तिक सम्म उक्त प्रतियोगिता संचालन गर्ने जनाएको छ । महाकाली स्पोटर्स सोसाईटीका अध्यक्ष सुमन भट्टले स्वर्गिय पत्रकार बोहराको सम्झना र यस क्षेत्रको क्रिकेट खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

उनका अनुसार दोस्रो संकरणको प्रतियोगितामा गत बर्षको भन्दा यस बर्ष पुरस्कारको राशी बढाईने छ । गत बर्ष प्रथम पुरस्कार नगद १ लाख रुपैयाँ सहित मेडल प्रदान गरिएको थियो । प्रतियोगिताबाट उठेको रकम पत्रकार बोहराको परीवारलाई दिइने अध्यक्ष भट्टले बताए ।

प्रतियोगितामा देशभरका १६ टिमको सहभागिता रहने अध्यक्ष भट्टले जानकारी दिए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले पत्रकारको नामको प्रतियोगिताले समग्र पत्रकारको पेशागत मर्यादा उचाईमा पुग्ने बताए ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर र माउण्टेन टेलिभिजन तथा पश्चिम नेपाल दैनिक मिडियाहरुको सहयोगमा प्रतियोगिता संचालन हुने भएको हो । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष एवं न्यूज २४ टिभीका सुदूरपश्चिम ब्यूरो प्रमुख एवं स्थानीय पश्चिम नेपाल दैनिकका सम्पादक बोहराको २०७३ सालमा मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);