साफ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साफ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

nepalvsbangladesh

काठमाडौं, २३ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत आजको निर्णायक खेलमा नेपालले बंगलादेशबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाल र घरेलु टोली बंगलादेशबीचको फुटबल खेल नेपाली समयअनुसार साँझ पौने सात बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । भुटानबिरुद्धको जितले नेपाली टोली उत्साहित छ । यद्यपी घरेलु टोली र बंगलादेशको गर्मीका बीच नेपालका लागि आजको खेल निकै कठिन हुनेछ ।

सुरुआती दुई खेलमा जित हासिल गरेको बंगलादेशको ६ अंक छ भने नेपाल र पाकिस्तानको ३-३ अंक छ तर गोलअन्तरका आधारमा पाकिस्तानभन्दा नेपाल अगाडि छ ।

यसै समूह अन्तर्गत भुटान र पाकिस्तानबीचको खेल अपराह्न पौने ४ बजेदेखि सुरु हुँदैछ । यस खेलमा भुटानले जितेको अवस्थामा नेपालले बंगलादेशसँग बराबरी खेले पुग्छ ।अन्याथा नेपालले जित हासिल गर्नैैपर्छ ।

आज घरेलु मैदानमा बंगलादेशको रक्षापंक्ति तोड्दै जित हासिल हुनेमा नेपाली टोली आशाबादी रहेका छन् । नेपाल र बंगलादेश अहिलेसम्म १८ पटक आमने सामने भइसकेका छन् । बंगलादेश नेपालको चीरपरिचित प्रतिद्वन्द्वी पनि हो ।

नेपालले १२ खेलमा हार ब्यहोरेको छ भने ५ खेल जितेको छ । एक खेल बराबरीमा सकिएको थियो । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपको समूह चरणमा भएको फुटबल खेलमा नेपालले बंगलादेशलाई २–० गोलले पराजित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);