म्याराडोना मेक्सिकन क्लबको प्रशिक्षक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्याराडोना मेक्सिकन क्लबको प्रशिक्षक

diego maradona

एजेन्सी, २३ भदौ । महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोना मेक्सिकन क्लबको प्रशिक्षकको भूमिकामा देखा पर्ने भएका छन्। उनले बिहीबार राति मेक्सिकोको फुटबल क्लब डोराडस डे सिनालोआसँग सम्झौता गरेका हुन्। डोराडस मेक्सिकोको दोस्रो दर्जाको क्लब हो। ५७ वर्षीय म्याराडोना अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउने टोलीका महत्वपूर्ण सदस्य हुन्।

उनले सन् १९७७ देखि सन् १९९४ सम्म अर्जेन्टिनाका लागि ९१ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। यसैगरी उनी अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पनि हुन्। उनले सन् २००८ देखि सन् २०१० सम्म अर्जेन्टिनी टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। पछिल्लोपटक उनले संयुक्त अरब इमिरेट्सको क्लब अल फुजाइरहमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए। उक्त क्लबसँग उनको सम्झौता गत अप्रिलमा सकिएको थियो।

मेक्सिकन क्लब डोराडसले बुधबार मात्र प्रशिक्षक फ्रान्सिस्को गामेजलाई पदबाट हटाएको थियो। गामेजलाई हटाएको एक दिनपछि नै डोराडसले म्याराडोनालाई प्रशिक्षकका रूपमा भित्याउने निर्णय सार्वजनिक गरेको हो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

अघिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);