निवृत्तिभरणको काम आधा घन्टामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निवृत्तिभरणको काम आधा घन्टामा

money

काठमाडौं, २३ भदौ । नेपाल आदर्श स्कुलकी इन्दु आचार्यलाई पेन्सनको काम पर्यो भने दिक्क लाग्थ्यो । राजधानीका टेकुस्थित निवृत्तिभरण व्यवस्थापन कार्यालयमा घन्टौँ लाइनमा बस्नुपर्ने भएकोले उनिलाई त्यस कार्यालयमा दिक्क लाग्नु स्वाभाविक थियो । तर अब भने उनिलाई काम गर्न सजिलो काम नै पेन्सन लिनु भएको छ ।

‘म त अचम्मै परे । निवदेन दिएको केही समयमै काम सम्पन्न भयो । बिगत जस्तौ घण्टौँ लाइनमा बस्नु परेन,’उनीले सुनाईन । आचार्य भन्छिन , ‘ अरू सरकारी कार्यालय पनि यसै गरी सजिलै र चाँडो काम भइदिए सेवाग्राहीले झन्झट पाउने थिएनन् । समयको पनि बचत हुने थियो ।’ अवकाश प्राप्त निजामती, सैनिक, प्रहरी र शिक्षक कर्मचारीको निवृत्तिभरणसम्वन्धी कार्य अब आधा घण्टा भित्रै हुन थालेपछि इन्दु आचार्य जस्तै सेवाग्राही दङ्ग पर्न थालेका हुन् ।

निवृत्तिभरण कार्यालयले कार्यालयका कामलाई प्रविधिमैत्री बनाएपछि काम चाँडो हुन थालेको हो । निवृत्तिभरण व्यवस्थापन कार्यालय प्रमुख हेमन्त निरौला भन्छन ,‘ विगतमा प्रविधिको राम्ररी उपयोग गर्न सकिएको थिएन । ढिला हुन्थ्यो । कम्प्युटरको उपयोग गरी कार्यालयलाई प्रविधिमैत्री बनाएपछि कुनै पनि सेवाग्राहीले बढीमा आधा घण्टाभित्र सेवा पाउने छन् ।’

निवृत्तिभरण कार्यालयबाट दुईलाख ५२ हजार कर्मचारीको निवृत्तिभरण विवरण हुन्छ । निजामती कर्मचारी, सैनिक, प्रहरी र शिक्षकको निवृत्तिभरणसम्वन्धी कार्य यही कार्यालयबाट हुँदै आएको छ । पेन्सन लिने देशभरिकै पूर्व राष्ट्रसेवक यसै कार्यालयमा आउनुपर्ने हुन्छ ।

हालसालै अवकाश पाएर कर्मचारी कितावखानाबाट पट्टा बनाएका नयाँका हकमा भने झनै चाँडो काम हुन थालेको छ । त्यस्ता कर्मचारीको काम त दश मिनेट भित्रै निवृत्तिभरण (पेन्सन)को रकम फरफारक मिलाउने र बैङ्क तोक्ने कार्यको व्यवस्था हुन थालेको छ ।

यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);