कल्वट नबन्दा स्थानिय समस्यामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कल्वट नबन्दा स्थानिय समस्यामा

बिनोद आचार्य,
सुनसरी । रानि–किमाथांका ६ लेन सडक परियोजना अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका ८ र ९ को सिमामा रहेको ट्याङ्ग्रा खोलामा निर्माणाधीन कल्वट एक वर्षसम्म पनि निर्माण सम्पन्न नहुँदा स्थानीय आन्दोलित बनेका छन् ।

भूमि कन्ट्रक्सन जेभिले काम सुरु गरेको भएपनि निर्माण सम्पन्न नहुँदा अलपत्र परेको हो । गत वैशाखमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएपनि अहिलेसम्म कल्बट निर्माणले अन्तिम रुप नपाउँदा स्थानीय रुष्ट बनेका हुन् । लामो समय देखी निमाण सुस्त भएकाले चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।

स्थानिय गजेन्द्र पालुङ्वाले भने, ‘क्लवट धरापमै छोड्दा सडक दुर्घटना बढ्नुका साथै खोलाको पानि अनियन्त्रीत भइ गाउँ पस्ने गरेको छ । आगामी दुई साता सम्म पनि यहाँको निर्माण नसके निर्माण कम्पनीका विरुद्ध उत्रन्चौं ।’

आफूहरुले यस अघि नै सडक विभागलाई यहाँको बस्तुस्थितिको बारेमा जानकारी गराएको स्थानिय नन्दु थापाले बताए । तर, पनि अहिले सम्म काम सम्पन्न नभएकोमा उनले गुनासो गरेका छन् । उनले भने, ‘त्यो समयमा ठेकेदारले एक लेयर हाल्नबाँकि रहेकाले काम सक्ने आश्वासनदिएको तर अहिलेसम्म काम नसेको र अवका दिनमा यस्तै समस्या भए ठेकेदारलाई कारवाही गर्छौ ।’

यता ६ लेन सडक परियोजनाले काम सम्पन्न गर्न निर्देशन दिएता पनि समयमा नै काम सम्पन्न गर्न नसकेको स्विकार गरको छ । परियोजनाका इन्जिनियर दिपेन्द्र दासले गत जेठअसारमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिएपनि विविध कारण निर्माण सम्पन्ननभएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);