विद्युतकाे पोल सडकको बीचमै राखेर पिच | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८३, बिहीबार

विद्युतकाे पोल सडकको बीचमै राखेर पिच

काठमाडौं, १ माघ । सरकारी निकायहरुबीच आवश्यक समन्वय नहुँदा सडक निर्माणका कामहरु अवरुद्ध हुँदै आएका छन् । जथाभावी हुने निर्माणले लागत त बढाएको छ नै सडक दुर्घटना बढाउने जोखिम समेत त्यतिनै छ ।

खानेपानि, ढल, बिद्युत्, सडक कार्यालयबीच सम्मन्वय नहुँदा राजधानी काठमाडौं भित्रै सडक दुर्घटनाको जोखिम बढेको छ । विद्युतका पोल सडकको बीचमै राखेर राजधानीमा निर्माण भएको सडकले यही बताउँछ ।

काठमाडौंको स्वयम्भु भगवान पाउमा भर्खर सडक पिच गरिएको छ । यहाँ सडक विभाग र बिद्युत् प्राधिकरणबीच समन्वय नहुँदा विद्युतको पोल सडकको बिचमा छ ।

भागवान पाउदेखि हलचोक परिक्रमा मार्गसम्म हालै काठमाडौं महानगरको पहलमा सडक विभागले निर्माण गरेको हो । नवनिर्मित सडकको बिचैमा बिद्युतीय पोलहरु छन्, यसले दुर्घटनाको जोखिम बढेको छ ।

हालै गरिएको पिच पनी उक्कीसकेको छ । धुलोले आजित बनेका स्थानिय अहिले सडकको बिचमा भएका पोलका कारण दुर्घटनाको जोखिममा परेका छन् ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सडक बिस्तार गर्दा बिजुलिका पोल बाटोको बिचमा आएको र बिद्युत् प्राधिकरणलाई पत्राचार गर्दा पनी चासो नदिएको बताउनुभयो ।

नेपालमा विकासका पुर्वाधारको निर्माण समयमै हँुदैन । जसोतसो बनेका संरचना पनी हचुवाको भरमा निर्माण भइरहेका छन् । यसरी सडक निर्माणमा सरकारी निकायहरुबिचमा समन्वय नहुँदा सडकमा खर्च गरेको रकम बालुवामा पानी हाले बराबर भएको छ ।

ताजा समाचार