जानकी गाउँपालिकाको सडक निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जानकी गाउँपालिकाको सडक निर्माण अलपत्र

janaki gaupalika sadak

टेकेन्द्र बस्याल
नेपालगन्ज, ६ कात्तिक । नेपालगन्ज उपमहानगरपालिकासंग जोडिएको जानकी गाउँपालिकाको सडक ठेक्काविवाद र स्थानीयले संरचना नभत्काउँदा निर्माण हुन सकेको छैन । करोड लगानीका महत्वपूर्ण र ठुला सडक आयोजनामा ठेक्काविवाद र स्थानीयले बर्षौदेखि बनाएका घरगोठ लगायतका व्यापारीक संरचना भत्काउन नमान्दा सडक निर्माण समयमै सम्पन्न हुन नसकेको हो ।

गाउँपालिका कार्यालय र वडा कार्यालय सम्मजोड्ने ठुला र महत्वपुर्ण भित्रि र ग्रामिण सडकमा करोडौ बजेट विनियोजन भएपनि विवादकै कारण कामहुन सकेको छैन । ठेक्काविवादले ढिलो हुँदा ठेकेदारले निर्माण थालेको सडकको पनि काम पुरा भएको छैन । अहिले यहाँका सडक गाडी नै चलाउन नमिल्ने भएका छन् ।

पुरानाभित्रि र ग्रामिण सडक अहिले अधिकाश विग्रीएका छन । ति सडकको निर्माण समयमै हुन नसक्दा स्थानीयबासी र सवारी चालकलाई सास्ती भएको छ । समयमै सडक निर्माण नहुदा दुर्घटनामा समेत वृद्धि भएको छ ।

जानकीगाउँपालिकामा करोड लगानीमा निर्माण गर्नुपर्ने आधा दर्जन भन्दा बढी ग्रामिण सडकमा काम सुरु नहुँदा खाल्डाखुल्डी बनेका छन । गाउँपालिकामा बिग्रेका, खाल्डाखुल्डी र सडक मर्मत नहुँदा स्थानीयले सास्ती पाईरहेका छन् । स्थानीय सरकार बनेपछि सडकहरु कालोपत्रे हुने, सडकमा नाला, कल्र्भट, पुलबन्ने आशा गरेका स्थानीय बासिन्दाको आशा समयमै सडक नबन्दा निरासामा परिणत भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);