मार्तडी कोल्टी सडक खण्डको निर्माण कार्यमा ढिलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मार्तडी कोल्टी सडक खण्डको निर्माण कार्यमा ढिलाई

मदन विक, ८ चैत्र बाजुरा ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रका विभिन्न गाउँपालिकाको मुख्य व्यापारी केन्द्र मानिदै आएको कोल्टी बजारका लागि मार्तडी कोल्टी सडक खण्ड सिलान्यास भएकोे १७ वर्ष पुरा भएको छ । तर सडक विस्तार भने भएको छैन

मार्तडी कोल्टी सडक खण्डको निर्माण कार्यमा ढिलाई

 

मदन विक, ८ चैत्र बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रका विभिन्न गाउँपालिकाको मुख्य व्यापारी केन्द्र मानिदै आएको कोल्टी बजारका लागि मार्तडी कोल्टी सडक खण्ड सिलान्यास भएकोे १७ वर्ष पुरा भएको छ । तर सडक विस्तार भने भएको छैन । सदरमुकाम मार्तडीबाट झण्डै ४० किलोमिटर लम्बाई रहेको मार्तडी कोल्टी सडक खण्डको हालसम्म निर्माण कार्य सम्पन्न भएको छैन । यो सडकको स्तरउन्नति नहुँनुमा सडक बिभागको चरम लाप्रबाही भएको स्थानीयको आरोप छ ।

 

मार्तडीदेखि कोल्टीसम्मको सडकलाई मार्तडीबाट २०५६ सालदेखी २०६२ सालमा जिल्ला विकास समिति बाजुरा अन्तरगतको आरसिआईडव्लु ले सर्वसाधारणलाई खाद्यन्न चामल उपलव्ध गराएर सडक निर्माण सुरु गर्न लगाएको थियो । यसै जिल्ला बाट निर्वाचित सभाषद्ले आफ्नो योजना छान्न पाउने भएपछि यस जिल्लाबाट सभाषद बनेका कर्णबहादुर थापाले मार्तडी देखि कोल्टी पिलुचौर साप्पाटा सडक अन्तर्गत को सडक योजना छनोट गरेका थिए । सोही सडक निर्माणका लागि सडक बिभागले २ बर्ष अगाडी बाट लुम्बीनी बिल्डव कन्सट्रक्सनलाई ३६ करोड ३६ लाखमा सडक निर्माण गर्नका लागि सडक विभागले सम्झौता गरेको थियो ।

 

गत बर्ष पाण्डुसैनको चाँफारुखसम्म आंसिक रुपमा ट्याक्टर र जीप सेवा संचालन भएका थिए । कोल्टीसम्म सडक यातायता सञ्चालन हुँन सके पूर्वोत्तरका विभिन्न गाउँका स्थानीय सहित हुम्ला र मुगु जिल्लाका जनतालाई यो सडक समयमा स्तरउन्नती नहुदा समस्यामा पारेका छन् । निर्माण कार्यको जिम्मा लिएको लुम्बीनी बिल्डव कन्सट्रक्सनले गत बर्ष भारतको नाका बन्दीको कारणले छिटो काम गर्न नसकेको र समयमा काम पुरा गर्नका लागि सडक विभाग संग विभिन्न समयमा म्याद थप गर्दै आईरहेको छ ।

 

यता सडक विभागले दुई लाख घनमिटर सडकमा काम नभएको दाबी गर्ने गरेको छ । सो सडक निर्माणको जिम्मा पाएको कम्पनिले आफुले सडक विभागले भन्दा बढी काम गरेको बताउँदै आएको छ । तर यस सडकमा गाडी पुर्ण रुपमा सवारी साधानहरु चल्न सक्ने गरी अझै निर्माण भएको देखिदैन । मार्तडी कोल्टी सडकको निर्माण समयमै हुने हो भने पुर्वीउत्तरी क्षेत्रका ११ गाविसका स्थानीय र छिमेकी जिल्ला मुगु र हुम्लाका केही गाविसका जनतालाई समे राहत पुग्ने थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);