माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डपको तेश्रो संस्करण चैत्र १७ बाट | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डपको तेश्रो संस्करण चैत्र १७ बाट

टीका खतिवडा,८ चैत्र ईलाम ।
नेपालकै पहाडी जिल्लाको उच्च धनराशीको प्रतिष्ठित माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डपको तेश्रो संस्करण चैत्र १७ गतेबाट हुने भएको छ । प्रतियोगिता माइभ्याली फुटबल क्लब इलाम र जिल्ला फुटबल संघ इलामले सम्युुक्त रुपमा आयोजना गरेका हुुन् । २०७१ सालबाट वर्षेनी रुपमा यो प्रतियोगिता आयोजना गरिँदै आइएको छ ।

माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डपको तेश्रो संस्करण चैत्र १७ बाट

 
टीका खतिवडा,८ चैत्र ईलाम । नेपालकै पहाडी जिल्लाको उच्च धनराशीको प्रतिष्ठित माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डपको तेश्रो संस्करण चैत्र १७ गतेबाट हुने भएको छ । प्रतियोगिता माइभ्याली फुटबल क्लब इलाम र जिल्ला फुटबल संघ इलामले सम्युुक्त रुपमा आयोजना गरेका हुुन् । २०७१ सालबाट वर्षेनी रुपमा यो प्रतियोगिता आयोजना गरिँदै आइएको छ ।

कडा मैदान भएका कारण यस वर्ष दुवो रोपेर घाँसेमैदान बनाइएको माइभ्याली फुटवल क्लवका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए । दर्शकहरुलाई ब्यवस्थीत रुपमा राख्न बाँसको अस्थार्य प्याराफिट बनाइएको उनले वताए । गोल्डकपमा भारतका २ सहित नेपालका ए डिभिजनका ८ वटा टिम सहभागीता रहने जिल्ला फुटबल संघका अध्यक्ष निरोज खडगीले बताए ।

यस संस्करणबाट प्रतियोगिताको पुरस्कार राशी समेत बढाइएको छ । अघिल्लो संस्करणको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ७५ हजार प्राप्त गरेकोमा यस संस्कणको बिजेताले नगद ४ लाख र उपबिजेताले २ लाख ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । तेश्रो संस्करणको सर्वोत्कृष्ट खेलाडीले यामाहाको १५० सी.सीको मोटरसाइकल प्राप्त गर्नेछ  ।

 

त्यसै गरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार र म्याच अफ दि म्याच खेलाडीले जनही ७ हजार प्राप्त गर्ने छन । आयोजकका अनुसार प्रतियोगितामा भारतको दुर्गा स्टिल कलकत्ता,  ग्लोबल एफसी आसाम, रमपम झापा–११, रुपेन्दही–११, संकटा, लक्ष्मी हुन्डाइ मनाङ मस्याङदी, तीन विभागीय टिम त्रिभुवन आमी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजक माइभ्याली फुटबल क्लब सहभागी हुनेछन् ।

यस वर्ष फुुटवलका सवै बिधामा पुुरस्कार वितरण गरिने अध्यक्ष चेम्जोङले वताए । यस वर्ष सवै विधामा पुुरस्कार राशी समेत वड्ने उनको भनाई छ । मेन अफ दि टुुनामेन्टलाई यामा कम्पनीको १५० सिसिको मोटर साइकल वितरण गरिने उनले वताए । प्रतियोगिता सम्पन्न गर्न आयोजकले ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । माइभ्याली फटबलका अध्यक्ष धिरेन चेम्जोङले दर्शक, स्थानीय उद्यमी व्यवसायी, वैदेशिक रोजगारमा रहेका फुटबल फ्यान र प्रतियोगिताको स्पेशल दाताले गरेको आर्थिक सहयोग नै फुटवल खेल सम्पन्न गर्नमा सहयोग हुनेमा विश्वस्त रहेको बताए ।

 

प्रतियोगिताको प्रथम पुरस्कार तारा रोजु सापकोटाले प्रदान गर्नेछन । त्यसै गरी द्धितिय पुरस्कारको लागी बेलायतमा रहेको इलामेलीहरुले प्रतिवद्धता गरेको चेम्जोङले बताए । माइभ्याली गोल्डकपको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान र यामाहा रहेका छन । त्यसै गरी सह–प्रायोजक जिल्ला समन्वय समिती , इलाम नगरपालिका,  पाथीभरा ट्रेडर्स, मेची पहाडी पर्यटन प्रर्वद्धन समिती लगायत रहेका छन ।

 तेश्रो संस्करणको गोल्डकपको लागी प्याराफिट र स्टेज निर्माण बाहेक अन्य कार्यहरु सम्पन्न भइसकेको आयोजकले जनाएको छ । अघिल्लो २ संस्करण माघमा गरिएको पनि गोल्डकपमा मैदान मर्मत र मौसम प्रतिकुल भइदिदाँ अघिल्लो संस्करणहरुमा  समस्या भएपछि यस बर्ष चैत्रमा सारिएको माइभ्याली फुटबल क्लबका अध्यक्ष चेम्जोङले वताए ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितीहरु गठन गरिएको छ । प्रतियोगिताको फाइनल खेल माघ २६ गते गरिने छ । यस प्रतियोगिताले जिल्लामा फुुटवल खेलाडी उत्पादन गर्न समेत सहयोग पुुग्ने जिल्ला फुुटवल संघका अध्यक्ष खड्गी वताउँछन्  । यो प्रतियोगिता सम्पन्न गर्न जिल्लावासी जती लागिपरेका उती नै सरकारी क्षेत्रबाट समेत सहयोग भए इलाम पुुर्वी पहाडी जिल्लाकै खेल पर्यटकिय जिल्लाको रुपमा अघि वढाउन सकिन्थ्यो कि ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);