माइभ्याली गोल्डकपः रमपम झापा ११ ले तय गर्यो फाइनलको यात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माइभ्याली गोल्डकपः रमपम झापा ११ ले तय गर्यो फाइनलको यात्रा

टिका खतिवडा २३ चैत्र, ईलाम । रमपम झापा ११ इलाममा जारी जारी तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा ससस्त्र प्रहरी वल एपिएफ लाई शुन्यका विरुद्ध एक गोल गर्दै झापाले फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा कुनै पनि गोल

माइभ्याली गोल्डकपः रमपम झापा ११ ले तय गर्यो फाइनलको यात्रा

 

 

टिका खतिवडा २३ चैत्र, ईलाम । रमपम झापा ११ इलाममा जारी तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा ससस्त्र प्रहरी वल एपिएफ लाई शुन्यका विरुद्ध एक गोल गर्दै झापाले फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा कुनै पनि गोल नभएपछि १५ मिनेट समय थप गरिएको थियो । थप गरिएको समको इन्जुुरी समयमा झापाका जर्सी नम्वर १७ का खेलाडी विशाल राइले गरेको गोलसँगै झापाले फाइनलमा त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको हो ।

 

निकै प्रतिष्पर्दात्मक खेलमा बिभागिय टीम ससस्त्र प्रहरीलाई पछि पार्न झापाले निकै कसरत गर्नु परेको थियो । खेलको म्यानअफदि म्याच निर्णायक गोल गर्ने झापाका खेलाडी बिशाल राई नै घोषित भए । उनले उपाधिसँगै नगद ७ हजार समेत प्राप्त गरे । उपाधिकालागि २६ गते झापा ११ र त्रिभुवन आर्मीविच प्रतिष्पर्दा हुुने भएको छ । प्रतियोगिताको विजेता टीमले नगद ४ लाखसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टीमले नगद दुुई लाख ५० हजार प्राप्त गर्ने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);