मार्तडीदेखि कोल्टी सम्मको सडक सुचारु नहुँदा स्थानीय मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मार्तडीदेखि कोल्टी सम्मको सडक सुचारु नहुँदा स्थानीय मारमा

बाजुरा, १२ असोज । बाजुरा जिल्ला सदरमुकाम मार्तडीदेखि कोल्टी सम्मको सडक सुचारु नहुँदा स्थानीय मारमा परेका छन् । वर्षातको समयमा भत्केको बाटो पुनः मर्मत नुहँदा चाडपर्वको समयमा पनि सर्वसाधरणले सास्ती पाउने भएका छन्।

वर्षातमा सडक भत्किएपछि सदरमुकाम मार्तडीबाट कोल्टीसम्मको सडक ३ महिनादेखि बन्द छ । सडकको पुन मर्मत नहुँदा कोल्टी क्षेत्रमा समान ढुवानीका लागि खच्चड सेवा मार्फत सामान ढुवानी भईरहेको छ ।

कोल्टी क्षेत्रका स्थानीयहरुका लागि अधिकांश सामान विमानबाट र भरिया लगाएर कोल्टी पु-याउनुपर्ने बाध्यता छ । जसका कारण त्यस क्षेत्रका सबैजसो बजार पसलमा दैनिक उपभोेग्य समानको अभाव देखिएको छ ।

४३ किलोमिटर सडक वर्षाले दर्जनौँ स्थानमा भत्किएको छ । बाउली खोलाले सडकको निशाना समेत बाँकी राखेको छैन । पोरखे लेक क्षेत्रमा ठूला ठूलो पहिरो र रुख खसेका कारण सेवा पूर्ण रुपमा ठप्प छ ।

बाटो ठिक हुँदा जिप र ट्याक्टर दानसाघुँसम्म जाने गरेका थिए । बाटो बन्द हुँदा भने चार वटा स्थानीय तह र हुम्ला, मुगु र कालिकोट जिल्ला सम्मको सम्बन्ध टुटेको छ ।

कोल्टी लगायतका स्थानीय बजारमा चामल, नुन, तेल देखि अन्य दैनिक उपभोग्य समानको अभाव देखिएको स्थानीयले बताएका छन् । यता, दशैँ अगाडि बाटो मर्मत हुने र जिप तथा ट्याक्टर सेवा सुचारु हुने अवस्था नरहेको स्थानीयले बताएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू आ– आफ्नै काममा व्यस्त छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);