डिपाे रित्तिएकाे दुई महिनापछि काेल्टीमा चामल आइपुग्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डिपाे रित्तिएकाे दुई महिनापछि काेल्टीमा चामल आइपुग्याे

बाजुरा । बाजुराको उत्तरपूर्वी क्षेत्रमा खाद्य अभाव भएको लामो समयपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय कोल्टीमा चामल आइपुगेको छ । खाद्यान्न अभाव भएको दुई महिना पछि आइतबार डिपोमा ४०० क्वीन्टल चामल आइपुगेको कार्यालयले जनाएको छ ।

कोल्टी डिपोका लागि चामल ढुवानीको जिम्मा पाएको सुचदेवि अर्डर सप्लायर्स हुम्लाले चामल ल्याइपुर्‍याएको कार्यालयले जनाएको छ । साफे–मार्तडी सडक खण्ड पूर्णरुपमा सुचारु भइनसकेका कारण चामल ढुवानीमा समस्या भएकाले कालीकोट–पिलुचौर सडक खण्ड हुँदै चामल कोल्टी पुगेको सुचदेवि अर्डर सप्लायर्सका सञ्चालक नन्द महताराले बताए ।

खाद्य कम्पनी र सप्लायर्सबीच कार्तिकबाट चामल ढुवानी गर्ने सम्झौता भए पनि दशैँको मुखमा चामलको अभाव भएकोले दशैँ पहिले नै चामल ढुवानी गरेर कोल्टी पुयार्‍याएको महताराले बताए । दशैँको मुखमा पनि चामल नपाउने नागरिकहरूको गुनासो सुन्दा आफूले जोखिम मोलेर चामल ल्याएको उनले सुनाए ।

डिपो कार्यालयले तत्काल सर्वसधारणलाई चामल वितरण गर्ने जनाएको छ । साफे–मार्तडी–कोल्टी सडक खण्डबाट चामल ढुवानी गर्न समस्या भएपछि कर्णाली करिडोवाट चामल ढुवानी गरेर कोल्टी डिपोमा पुगेको कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए ।

खाद्य ब्यवस्था ब्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय राजापुर बर्दियाबाट सुर्खेत पिलुचाैर सडक खण्ड हँुदै चामल कोल्टी पुगेको कार्यालय प्रमुख आर्चायले जानकारी दिए । आचार्यले मंगलवारबाट चामल बिक्री गरिने जानकारी बताए । आचार्यका आनुसार मोवाइल नम्बर र नागरिकताको आधारमा एक जनालाई एक कट्टासम्म चामल पाउने छन् ।

यसअघि खाद्यान्नको समस्या झेल्दै आएका स्थानीयले दशै,तिहारको समयमा चामल पाउने भएपछि थोरै राहत हुने बताएका छन् । दशैँको मुखमा बजारमा पनि चामल नपाइने र खाद्य कम्पनीमा पनि चामल नभएपछि स्थानीय महंगोमा चामल किन्न वाध्य थिए ।

यसअघि सिजनमा १७ सय पर्ने जिरा मसिनो चामलको मूल्य दुई हजार ५०० बढी पर्ने गरेको छ । जसका कारण उपभोक्ता मारमा परिरहेका छन् । साफे–मार्तडी र कोल्टी–मार्तडी सडक खण्ड करिब चार महिनादेखि अवरुद्ध हुँदा बाजुरामा दैनिक उपभोग्य वस्तुको अभाव कायमै छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);