वर्षातको समयमा बन्द भएका बाजुराका ग्रामिण सडक अझै संचालनमा आउन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मदन वि.क, बाजुरा, ३१ असोज । वर्षातको समयमा बन्द भएका बाजुराका एक दर्जन बढी ग्रामिण सडक अझै संचालनमा आउन सकेका छैनन् । सडक नखुल्दा ग्रामिण भेगका स्थानीयको दैनिकी कस्टकर बनेको छ ।

वर्षातको समय रोकिएसँगै दसँै तिहार अगाडि नै जिल्लाका सबै ग्रामिण सडक खोलिसक्ने बताइएको थियो । तर अहिलेसम्म बाजुराका झण्डै एक दर्जन ग्रामिण सडक अवरुद्ध नै छन् । जसले गर्दा ग्रामिण क्षेत्रका बासिन्दालाई चाडबाडका बेला खाद्यान्नकै अभाव हुने देखिएको छ ।

बडिमालिका नगरपालिकासँगै जोडिएको मार्तडीदेखि अम्लिस कृषि ग्रामिण सडक पनि निर्माण भएको ४ वर्ष बित्न लागेको छ । सडक बन्ने भएपछि कतिपय स्थानीयले आफ्नो नीजि जग्गा समेत सरकारलाई दिएका थिए । तर ४ वर्ष सम्म पनि सडकको निर्माण सम्पन्न नहुँदा स्थानीय दैनिक ३ घण्टासम्म पैदल हिँडेर दैनिक उपभोग्य सामान किन्न बाध्य छन् ।

जिल्लाका मार्तडी–घटमुना सडक, मार्तडी–अम्लिस सडक, डाव कृषि सडक, मौरै तोली–छतारा कृषि सडकलगायत जिल्लाका एक दर्जन कृषि तथा पर्यटन मार्ग सडक सबै अवरुद्ध छन् । जसले गर्दा ग्रामिण स्तरमा भेडा च्याँग्रा मार्फत खाद्यन्न ढुवानी गर्नुपर्ने बाध्यता छ भने स्वास्थ्य उपचार गर्न पनि पनि स्थानीयलाई २÷३ दिनसम्म पैदल हिँडेर सदरमुकाम मार्तडी पुग्नुपर्ने अवस्था छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);