बैतडीका सडकमा गाडी गुड्नै मुस्किल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बैतडीका सडकमा गाडी गुड्नै मुस्किल

baitadi sadak

प्रेम भाट
बैतडी, १ भदौ
। बैतडीका अधिकांश ग्रामिण क्षेत्रलाई सडक सञ्जालले छोएको छ । तर, मापदण्ड विपरित सडक बनाउँदा वर्षातको समयमा बन्द हुने गरेको छ । जसका कारण सवारी सवारी चालक र यात्रुलाई सास्ती भएको छ ।

चार वर्ष अगाडी खनिएको उक्त सडकमा गाडी गुड्नै मुस्किल हुन्छ । जिल्लाको तल्लोस्वराड क्षेत्रलाई जोड्ने उक्त सडकको यात्रा समेत अनिश्चित छ । वर्षातको समयमा यात्रुलाई गन्तव्यमा पुग्न ६ घण्टाको समयमा दुई दिनसम्म लाग्छ ।  जिल्लाका अधिकांश ग्रामिण सडकहरुकोे अवस्था उस्तै हो । चालकहरुले सवारी साधान चलाउन कठिन भएको गुनासो गरेका छन् ।

सडक खनिएपछि मात्रै भुक्तानीका लागि हुने प्राविधिक नापजाँच र सम्बन्धित ठाँउमा नगईकनै कार्यालयबाट हुने सडक सर्भेले यस्तो समस्या उत्पन्न भएको स्थानीयको आरोप छ । गाँउमा सडक त पुग्यो तर स्थानीयको सास्तीमा भने अझै कमि आएको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);