इलामाको ग्रामिण भेगका सडक भत्किदा यात्रुलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इलामाको ग्रामिण भेगका सडक भत्किदा यात्रुलाई सास्ती

illam sadak

टीका खतिवडा
इलाम, २१ असार । बर्खा सुरुभएसँगै इलामको ग्रामिण भेगका सडक भत्किन थालेको छ । सडक स्तरोन्नति नहुँदा सडक हिलाम्मे र खाल्डाखुल्डी भएपछि सवारी चालक र यात्रुलाई सास्ती भएको छ ।

इलामाको ग्रामिण भेगका कच्चि सडक हिलाम्मे भएका छन् । बर्खा सुरु भएसँगै सडक हिलाम्मे र खाल्डाखुल्डी परेका छन् । जसको कारण सवारी साधन र यात्रुलाई सास्ती भएको छ । बाढी र पहिरोका कारण सडक भत्किएर जिल्ला सदरमुकामबाट गाउँपालिकाको केन्द्र पुग्ने गाडी सहज रुपले चल्न नपाएपछि चालक र यात्रु मारमा परेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि भएपनि ग्रामिण सडक स्तरोन्नतिमा चासो नदिएको स्थानीयले गुनासो गरेका छन् बाटो बिग्रिएकै कारण विरामी पर्दा एम्बुलेन्स सञ्चालन नहुँदा स्टेचर र डोकोमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ । दैनिक उपभोग्य बस्तु समेत पुर्‍याउन कठिन भएको स्थानीयको भनाइ छ ।

गाउँगाउँमा बाटो पुगेपनि कालोपत्रे नहुँदा दुर्घटनाको जोखिम बढेको छ । सरोकारवालाले बाटोको स्तरोन्नति गर्न सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);