कैलाली–अत्तरीया–मोहना छ लेन सडक खण्ड अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कैलाली–अत्तरीया–मोहना छ लेन सडक खण्ड अस्तव्यस्त

तेज बोहरा
कैलाली, २२ साउन । कैलाली अत्तरीया मोहना छ लेन सडक अस्तव्यस्त भएको छ । सडक हिलाम्मे र खाल्डाखुल्डी भएपछि सवारी चालक र यात्रु मारमा परेका छन् । दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

कैलाली अत्तरीया मोहना छ लेन सडक निर्माणाधीन अवस्थामा रहेको छ । तर निर्माण कार्य अस्तव्यस्त हुँदा सवारी चालक र यात्रुलाई सास्ती भएको छ ।

सडक हिलाम्मे र खाल्डाखुल्डी भएपछि आवातजावतमा समस्या भएको छ । सडक निर्माणमा ढीलाई हुँदा व्यवयासी समेत मारमा परेको छन् ।

ठेकेदारको लापरबाहीले सडक अस्तव्यस्त भएको स्थानीयले गुनासो गरेका छन् । अव्यवस्थित तरिकाले बनाइएको अस्थायी डाईभर्सनले मान्छेको मृत्यु समेत भएको छ । सर्वसाधारणको मृत्यु भएको भन्दै सरोकारवालले छिटो सडक विस्तार गर्न माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);