धदिङका अधिकांश नगरपालिका र गाउँपालिकाको सडक अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धदिङका अधिकांश नगरपालिका र गाउँपालिकाको सडक अस्तव्यस्त

sadak

शिखा श्रेष्ठ
धादिङ, २३ चैत । धदिङका अधिकांश नगरपालिका र गाउँपालिकाको सडक अस्तव्यस्त भएको छ । सडकको स्तरोन्ननि नहुँदा यात्रु र सवारी चालकलाई सास्ती भएको छ । सडक अस्तव्यस्त हुँदा पनि स्थानीय तहले स्तरोन्नतिमा चासो दिएको छैन् ।

धादिङका अधिकांश सडक अस्तव्यस्त भएको लामो समय भयो । सडकको स्तरोन्नति नहुँदा स्थानीय र सवारी चालकालाई सास्ती भएको भएको छ । सडकबाट निस्कने धुलो धुँवाले जनजीवन प्रभावित भएको छ । सडक प्रदुषण हुँदा बिरामीको संख्या बढ्न थालेको छ । रुघा खोकी, ज्वरो र स्वासप्रश्वास सम्बन्धि समस्याले स्थानीय थला पर्न थालेका छन् ।

सडकमा ट्रक, ट्रिपर, बस लगायतका कयौं सवारी साधन गुड्ने गरेका छन् । सडकको स्तरोन्ननि नहुँदा दुर्घाटानाको जोखिम बढेको छ । सडक आसपासमा घर हुनेहरु धुँलो धुवाको कारण मारमा परेका छन् । जिल्ला अस्पताल धादिङमा दैनिक उपचारका लागि १ सय ५० भन्दा बढि बिरामी पुग्न थालेका छन् । धुँलो धुँवाका कारण बिरामी भएको भन्दै स्थानीयले तत्काल सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);