गाग्रेभञ्ज्याङ–जीतपुर–सोयाक–चिसापानी सडक निर्माणले पायो तिब्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गाग्रेभञ्ज्याङ–जीतपुर–सोयाक–चिसापानी सडक निर्माणले पायो तिब्रता

road-illam

टिका खतिवडा
इलाम, २३ चैत
। इलामको व्यापारिक केन्द्र मंगलबारेलाई तराईसँग जोड्ने बैकल्पिक मार्ग गाग्रेभञ्ज्याङ–जीतपुर–सोयाक–चिसापानी सडक निर्माणले तिब्रता लिएको छ । सो सडक खण्डको काम ७० प्रतिशत पुरा भएको छ ।

डेनमार्क सरकारको सहयोगमा उन्नति कार्यक्रम अन्तर्गत गाग्रेभञ्ज्याङ–जीतपुर–सोयाक–चिसापानी सडक निर्माणले तिब्रता लिएको हो । २० करोड ८८ लाखको लागतमा सडक निर्माण भइरहेको छ । सडक निर्माणपछि मेची राजमार्गमा यातायात साधन आवतजावतमा सहज हुने छ । मेची राजमार्गमा गुड्ने साधन सो सडकबाट छिटो तराइसम्म पुग्नेछन् । सडक संचालन भएमा पाँचथर र ताप्लेजुङका बासीन्दालाई समेत सहज हुने छ । ३२ दशमलव २ किलोमिटर सडकको ७० प्रतिशत काम सकिएको छ ।

पहिलो प्याकेज अन्तर्गत १७ किलोमिटर दिवानिर्माण सेवा र दोस्रो साढे १५ किलोमिटर याक्थुमहाङ विरुवा जेभी कम्पनीले निर्माण गरिरहेको छ । २०१६ देखि निर्माण सुरु भएको सडकको निर्माणका लागि आगामी माघसम्म म्याद थप गरिएको छ । सडक निर्माणसँगै स्थानीय क्षेत्रमा कृषकले उत्पालन गरेको अदुवा, तरकारी, अलैंचीले बजार पाउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);