प्रधानमन्त्री ओली भारत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्री ओली भारत प्रस्थान

pm-oli-to-india

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दक्षिणी छिमेकी भारतको राजकीय भ्रमणमा निस्किएका छन् ।प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहित भारतको राजकीय भ्रमणमा निस्किएका हुन् ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा विभिन्न राजनीतिक दलका १० जना सांसद् पनि छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा पहिलो पटक कलाकारहरुलाई पनि सहभागी गराइएको छ । महानायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डीसी भ्रमण टोलीमा समेटिएका छन् । दिल्ली प्रस्थान गर्नुपहिले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको छ ।

सभामुख कृष्णबहादुर महरा तथा सरकारका मन्त्रीहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगेर प्रधानमन्त्री ओलीलाई विदाइ गरे । प्रधानमन्त्री ओली नेतृत्वको टोली नेपाल वायुसेवा निगमको उडानबाट दिल्ली प्रस्थान गरेको हो । ओली सवार विमान विहान १० बजेर ४५ मिनेटमा इन्दिरा गान्धी विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

दिल्ली अवतरण गरेलगत्तै प्रधानमन्त्री ओली भारतीय उद्योगी व्यापारीले ताज होटलमा राखेको अन्र्तक्रियामा सहभागी हुने कार्यक्रम छ । उद्योगी व्यापारीसँगको अन्तक्र्रियापछि प्रधानमन्त्री ओली नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरुसँगको छलफलमा सहभागी हुने छन् । प्रधानमन्त्री ओली साँझ नेपाली दूतावासले इम्पेयिल होटलमा गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओली भारत भ्रमणका क्रममा विशेष आतिथ्यतासहित राष्ट्रपति भवनमा बस्ने छन् । उनले भोलि भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेनकैया नायडु, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

ओलीले भोलि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा वान टु वान वार्ता गर्ने छन् । नेपालमा अढाइ वर्षपहिले जारी गरिएको संविधानलाई लिएर पाँच महिनाभन्दा लामो समय नाकाबन्दी लगाएको भारतले ओलीको भ्रमणलाई निकै महत्व दिएको अवस्थामा दुई प्रधानमन्त्रीको वार्ताप्रति निकै चासो दिइएको छ । ओली र मोदी वन टु वान वार्ताका अलावा द्विपक्षीय वार्तामा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कने कार्यक्रम छ । स्वदेश फर्कनुपहिले ओलीले उत्तराखण्डको गोविन्ददेव पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);