प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै

pm kp-oli

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् ।

चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली आज चीनको ६ दिने औपचारिक भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको टोलीमा चार मन्त्री र ९ सांसदसहित एक सयभन्दा बढी छन् । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल चीन जाँदै छन् ।

सरकारी अधिकृत, विभिन्न पार्टीका ९ जना सांसद, ५२ जना उद्योगी व्यावसायी र १७ जना सञ्चारकर्मीलाई पनि भ्रमण टोलीमा समावेश गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);