प्रधानमन्त्री ओली असारको पहिलो साता चीन भ्रमणमा जाने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रधानमन्त्री ओली असारको पहिलो साता चीन भ्रमणमा जाने

kp oli

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली असारको पहिलो साता उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओलीले दक्षिणी छिमेकी भारतको भ्रमण गरेको अढाइ महिनापछि चीनको भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले असार ५ देखि १० सम्म चीनको भ्रमण गर्ने तय भइसकेको परराष्ट्र मन्त्रालयका उच्च अधिकृतहरुले बताएका छन् । भ्रमणको मिति तय भइसकेका कारण परराष्ट्र मन्त्रालयका अधिकृतहरु भ्रमणका क्रममा दुई देशबीच गरिने समझदारी र सम्झौताको गृहकार्यमा जुटेका छन् ।

यद्यपि, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण तालिका भने सार्वजनिक गरेको छैन । प्रधानमन्त्री ओलीले चीनमा रहँदा बेइजिङ, सिचुवान र तिब्बतको भ्रमण गर्ने तय भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ओलीको भ्रमणको तयारीका लागि यसअघि नै चीन भ्रमण गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);