पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना

bus accident palpa rampur

पाल्पा, १८ जेठ । पाल्पाको रम्भा गाउँपालिका–४ स्थित होमिनमा भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खस्दा नौजना पुरुष तथा तीन जना महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा परी १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख डिल्लीराज पन्तले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);