अपडेट : पाल्पामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुग्यो, १० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अपडेट : पाल्पामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुग्यो, १० घाइते

पाल्पा, १८ जेठ । पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विष्णुमान बज्राचार्य, लोकनाथ ढकाल, बसन्ती खाँड, क्षेत्रमान शाक्य, कृष्णबहादुर बोहरा, कमला कार्की, सचिन बज्राचार्य, देवेन्द्रलाल प्रधान, दुर्गाबहादुर शारु, गीता बुढाथोकी, सुशीलप्रसाद श्रेष्ठ, विष्णुमान श्रेष्ठ र कृष्ण बज्राचार्य रहेका छन् ।

बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य सवार थिए । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । घाइतेहरुको मिसन अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज पर्वासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);