अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्याे, ६३ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्याे, ६३ जना घाइते

sindhupalchok accident

सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–१० भोटसिपामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने अन्य ६३ यात्रु घाइते भएका छन् । शुक्रबार बिहान सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबाट काठमाडौंका लागि छुटेको बस बा२ख २७१५ नम्बरको बस दुर्घटना भोटसिपामा शुक्रबार बिहान ९ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका ११ मध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन् । अन्य ६ जनाको भने सनाखत भएको छैन ।

नेपाली सेनाको हेलिकोप्टरबाट १२ जना गम्भीर घाइतेहरुको उपचारको लागि काठमाडौं पठाइएको र अन्य ५१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);