(अपडेट) सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

(अपडेट) सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

sindhupalchowk bus accident

काठमाडौं, २९ मंसिर । सिन्धुपाल्चोकको ६ मोडमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । आइतबार बिहान लामो साँघु जिरी सडकखण्डमा पर्ने सुनकोशी गाउँपालिकाको–६ किलो मोडमा बा. ४ ख ४४६८ बस दुर्घटना भएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएको रिजर्भ बस दुर्घटनामा परेको हो । घटनास्थलमा १२ जनाको शव फेला परेको र उपचारको क्रममा २ जनाको मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा ८ महिला, ३ जना पुरुष, २ बालिका र १ बालक रहेका छन् । मृतकमध्ये भीमेश्वर नगरपालिकाकी जुनु तामाङको पहिचान भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये ११ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौर र गम्भीर घाइते भएका ६ जनालाई हेम्स अस्पताल काठमाडौंमा रिफर गरिएको छ । गत कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);