सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु

nekapa sthayi comiti

काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक सुरु भएको छ । पार्टी कार्यालय धुमवाराहीमा शुरु भएको बैठकमा देशको समसामयिक राजनीति पार्टीको बिधान संसोधन लगायतका बिषयमा छलफल हुने जनाइएको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा आइतबार बिहान बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटि बैठकका एजेण्डाहरु तय गरेको थियो । स्थायी कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिबेदन पेश गर्ने कार्यसुचि रहेको छ । ओली र दाहालबीच परामर्श गरेर राजनीतिक प्रतिवेदन तयार भएको थियो ।

त्यसैगरि केन्द्रिय कमिटीको बैठक बोलाउने विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ । सचिवालय बैठक पछि प्रवक्ता नारायण काजी श्रेष्ठले स्थायीकमिटि बैठकमा नेपाल भारत सीमा समस्या र अन्य विविध विषयमा पनि छलफल हुने जानकारी दिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तिव्र सुधार भइरहेको जानकारी गराउनुभएको थियो । पार्टी एकिकरण पछि नेकपाको स्थायी कमिटी बैठक दोस्रो पटक बसेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);