नेकपाको स्थायी कमिटी बैठक आज पनि जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेकपाको स्थायी कमिटी बैठक आज पनि जारी

nekapa sthayi comiti

काठमाण्डौं, ३० मंसिर । सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक जारी,अध्यक्ष दाहालद्वारा पेश राजनीतिक प्रतिबेदनमाथि नेताहरुले धारणा राख्दै । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि जारी छ ।

पार्टी कार्यालय धुमवाराहीमा बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदन लगायतका बिषयमा छलफल भइरहेको छ । आइतवार देखि शुरु भएको बैठकमा सदस्यहरुले प्रतिबेदनमाथि आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ ।आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार गरेको प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गर्दै सरकार र पार्टी कामलाई प्रभावकारी बनाउन जोड दिनुभएको थियो ।

प्रतिवेदनमा राष्ट्रिय र अन्तराष्ट्रिय परिश्थिति, पार्टी एकता सुदृढीकरण, सरकारका कामकारबाही र उपनिर्वाचन समीक्षा, यसअघि सचिवालयले गरेका निर्णय अनुमोदन र आगामी कार्ययोजना सम्बन्धी विषय उल्लेख छ। बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत कार्यसूची निर्धारण गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);