नेकपा बैठक : अध्यक्ष दाहालको प्रतिबेदनमाथि सदस्यहरुले आजपनि धारणा राख्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेकपा बैठक : अध्यक्ष दाहालको प्रतिबेदनमाथि सदस्यहरुले आजपनि धारणा राख्दै

nekapa

काठमाडौं, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आजपनि जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम नसकिएपछि बैठक आजपनि जारी रहेको हो ।

दाहालको प्रतिबेदनमाथि धारणा राख्दै सदस्यहरुले पार्टीभित्र गुट मौलाएको, सरकार जनताका समस्यामा गम्भीर नबनेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।

बुधबारसम्मको बैठकमा ३५ जना नेताले धारणा राखेका थिए भने आज थप नेताहरुले आ–आफ्ना धारणा राखिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);