नेकपाको स्थायी कमिटी बैठक आजपनि जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेकपाको स्थायी कमिटी बैठक आजपनि जारी

nekapa baithak

काठमाडौं, १३ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार, अमेरिकी सहयोग परियोजना एमसीसी, नागरिकता संशोधन विधेयक, सरकारका काम, पार्टीको एकीकरणका बाँकी काम लगायतका एजेण्डा तय गरी असार १० गते बसेको स्थायी कमिटी बैठक सुरु गरेको थियो ।

१० गतेको बैठकमा एजेण्डा पेश भएका थिए भने दुई अध्यक्षले आफ्नो भनाइ राखेका थिए । त्यस्तै शुक्रबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरुले एजेण्डाहरुमाथि आफ्नो धारण राखेका थिए ।

शुक्रबारको बैठकमा नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित नभएपनि आजको बैठकमा उपस्थित हुनुभएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);