नेकपाको स्थायी समिति बैठकमा सीमा विवाद सम्बन्धि बिषयमा छलफल हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाको स्थायी समिति बैठकमा सीमा विवाद सम्बन्धि बिषयमा छलफल हुन सकेन

nekapa baithak

काठमाडौं, १३ असार । सत्तारुढ नेकपाको स्थायी समिति बैठक सीमा विवाद सम्बन्धि छलफल नसकी असार १६ गते बस्नेगरि स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको बैठकमा स्थायी समितिका सदस्यहरुले आफ्नो धारणा राख्नेक्रम नसकिएकोले बैठक असार १६ गते बस्नेगरि स्थगित भएको हो । असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । शनिबार सीमा अतिक्रमण र गुमेको भूमि कसरी फिर्ता गर्ने भन्ने विषयमा स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेका थिए । शनिबार २१ जनाले आफ्नो विचार राखेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

नेपालको गुमेको भूमिसहितको नक्सा प्रकाशन गरी त्यसलाई संविधानको अनुसूचीमा राख्न संशोधन मार्फत सार्वभौमिकता र भूमि रक्षाका लागि ऐतिहासिक पहल भएको नेताहरुको भनाइ थियो । शुक्रबारको बैठकमा अनुपस्थित हुनुभएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा केही समय सहभागि हुनुभएको थियो । साढे ११ बजेबाट सुरु भएको बैठकमा ओली करिब आधा घण्टा बस्नुभएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्था अनुकुल नभएको जानकारी गराउँदै बैठकबाट बाहिरिनु भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);