नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित

nekapa baithak new

काठमाडौं, २४ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको आज बस्ने भनिएको बैठक पुनः स्थगित भएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक २६ गते शुक्रबार बस्नेगरी स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वय ओली र दाहालबीच सहमतिको प्रयास जारी रहेकोले तर ठोस निर्णयमा पुगिनसकेकोले आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो । नेकपाभित्र चर्किएको विवादका कारण बैठक लगातार चार पटकसम्म स्थगित भएको छ ।

सहमतिका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक छलफल भएपनि निकास निस्कन सकेको छैन ।

यसअघि बसेका स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);