नेकपा बैठकमा नेताहरुले गरे सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा बैठकमा नेताहरुले गरे सरकारको आलोचना

nekapa sthayi comiti

काठमाडौं, २ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आजपनि जारी छ । पार्टी कार्यालय धुमवाराहीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदनमाथि नेताहरुले आ आफना धारणा राखिरहेका छन् ।

अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिबेदनमाथि मंगलवारसम्म २५ जना नेताहरुले आफना भनाईहरु राखेका थिए । दाहालको प्रतिबेदनमाथि टिप्पणी गर्दै नेताहरुले जनताको समस्या संबोधन गर्ने बिषयमा मौनता साँधेको भन्दै सरकारको आलोचना गरेका छन् ।

त्यसैगरी बैठकमा महासचिव बिष्णु पौडेलद्वारा प्रस्तुत पार्टीको बिधान संसोधन सम्बन्धि प्रस्तावमा पनि नेताहरुले आफना धारणा राखेका जनाइएको छ । बैठकमा नेताहरुले पार्टी भित्र देखिएका गुट उपगुटहरु अन्त्य गर्नु पर्नेमा समेत जोड दिएका छन् । बैठकमा नेपाल –भारत सीमा समस्याको समाधान लगायतका बिषयमा पनि छलफल भएको जनाइएको छ ।

नेताहरुले धारणा राखेपछि बैठकमा उठेका प्रश्नहरुको अध्यक्ष दाहालले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित परिमार्जन हुने बताइएको छ । स्थायी कमिटी बैठक गत आइतबारदेखि सुरु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);