राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

nirbachan aayog

काठमाडौं, २ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ । आगामी माघ ९ गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले आज तालिका प्रकाशन गरेको हो ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका प्रकाशन गरेको बताएको छ । प्रकाशित तालिका अनुसार पौष १७ गते मतदाता नामावली प्रकाशन, प्रकाशित नामावली उपर दावी विरोध उजुरी दिन सकिने छ । त्यस्तै १८ गते उजुरी उपर छानवीन गरि अन्तिम नाम प्रकाशित गर्ने, २० गते उम्मेदवाको मनोनयन पत्र दर्ता गर्ने तालिका छ ।

फागुन २० गते राष्ट्रबाट मनोनित एक सदस्यसहित १९ जनाका सदस्यको कार्यकाल सकिँदै छ । त्यसको ३५ दिन अगावै निर्वाचन निर्वाचन गरिसक्नुपर्ने संबैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);