स्थायी कमिटी बैठक: राजनीतिक प्रतिबेदनमाथि छलफल जारी, सरकारले राम्रो काम गरेको नेताको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, ६ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिबेदनमाथि छलफल जारी छ ।

गत शनिबारदेखि जारी पार्टी स्थायी कमिटीको शुक्रबारको बैठकमा अध्यक्षद्धय ओली र दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारको काम कार्वाहीप्रति आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए । सरकारको काम कार्वाहीलाई लिएर धेरैजसो नेताहरुले असन्तुष्टि जनाईरहेका बेला उपनेता नेम्वाङले सरकारले ‘धेरै महत्वपूर्ण’ काम गरेको दावी गर्दै त्यसको प्रचार जनस्तरमा पु¥याउन पनि पार्टीका नेताहरुलाई आग्रह गरे ।

उपनेता नेम्वाङले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’को पत्रमा सरकार र संघीय संसदको लोगो प्रयोग गरेकोमा भने असन्तुष्टि व्यक्त गरे । यस अघिको बैठकका भीम रावललगायतका नेताहरुले सो सम्मेलनमा सहभागी भएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्माआलोचना गर्नु पर्ने माग समेत गरेका थिए ।

शुक्रवारको बैठकमा ७ जना नेताहरुले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए । नेकपा स्थायी समितिको बैठक शनिवार पुनः बस्नेछ । शनिवारको बैठकमा नेताहरुको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिने र आईतबार बस्ने बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्षद्धय ओली र दाहालले दिनु हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गत शनिबारदेखि जारी नेकपा स्थायी समिति बैठकमा पार्टी एकताको सन्देश दिन नसकेको भन्दै पार्टी नेतृृत्वको र जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोभन्दै सरकारको चर्को आलोचना भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);