कांग्रेसको विधान मस्यौदामा शीर्ष नेताहरुबीच सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कांग्रेसको विधान मस्यौदामा शीर्ष नेताहरुबीच सहमति

congress Mahasamiti meeting

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको विधान मस्यौदामा शीर्ष नेताहरुबीच सहमति जुटेको जनाइएको छ । विधान मस्यौदामा सहमती नजुट्दा कांग्रेस महासमिति बैठक समेत लम्बिएको छ ।

नेताहरुबीच सहमती जुटेपछि बिधान मस्यौदा अनुमोदनका लागि महासमिति बैठकमा पेश हुनेछ । यद्यपी शीर्ष नेताहरुबीच भएको सहमतिलाई केन्द्रिय कार्य समितिबाट पास गराएर मात्रै महासमिति बैठकमा लैजानु पर्नेछ ।

कांग्रेस नेताहरुबीच कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न सहमती भएको छ । पदाधिकारीलाइ समाबेशी बनाउन सातजना सहमहामन्त्री थप्ने सहमती कांग्रेसमा बनेको छ ।

कांग्रेस नेताहरुबीच पटक पटक पदाधिकारीमा कुन कुन पद निर्वाचित र कुन कुन पद मनोनित भन्ने बिषयमा बिवाद हुँदा विधान मस्यौदा महासमिति बैठकमा पेश हुन सकेको छैन । कांग्रेस शीर्ष नेताहरुबीच भएको सहमतीले विधान मस्यौदा महासमितिमा पेश गर्ने बाटो खुलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);