कांग्रेस महासमिति बैठक लम्बिने, स्थान पनि सारिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस महासमिति बैठक लम्बिने, स्थान पनि सारिने

congress

काठमाडौं, ३ पुस । काठमाडौंमा जारी नेपाली काँग्रेस महासमिति बैठक लम्बिने भएको छ । पार्टीको विधान मस्यौदामा शीर्ष नेताहरुबीच सहमति नजुटेपछि महासमिति बैठक २ दिन पर सर्ने भएको हो ।

पार्टीको विधान मस्यौदामा सहमति नजुटेपछि महासमिति बैठक २ दिन लम्बिने भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेसको महासमिति बैठकको स्थान पनि परिवर्तन हुने भएको छ । पर्सी बिहिबारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा महासमिति बैठक सार्ने तयारी गरिएको प्रवक्ता शर्माले बताए ।

विधान मस्यौदामा सहमति जुटाउन मंगलबार दिउँसो बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले पनि ठोस निर्णय लिन सकेन । तर नेताहरुबीच पदाधिकारी संख्या बढाउने विषयमा भने सहमति जुटेको पनि प्रवक्ता शर्माले बताए ।

विधानमा सहमति जुटाउन ढिलाई हुँदा मंगलबार बिहान काँग्रेस महासमिति बैठकमा होहल्ला समेत भएको थियो । अहिले महासमिति बैठक जारी छ । बैठकमा नेताहरुबीच राजनीतिक, आर्थिक, सांगठनिक तथा पार्टीको आन्तरिक आर्थिक नीतिका बारेमा छलफल भईरहेको पनि प्रवक्ता शर्माले बताए ।

विधानमा पदाधिकारी संख्या बढाउन नहुने अडानमा संस्थापन पक्ष रहेपछि काँग्रेस महासमिति बैठक लम्बिने भएको हो । बैठक हार्दिकपूर्वक चलिरहेको र त्यसले पार्टीलाई नविन ऊर्जा प्रदान गर्ने प्रवक्ता शर्माको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);