‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको अभियान कता पुग्यो ? : सिपी गजुरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको अभियान कता पुग्यो ? : सिपी गजुरेल

cp gajurel

काठमाडौं, ३ पौष । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । पार्टीका संयोजक सिपी गजुरेलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी वर्तमान सरकारले जनताका लागि केही पनि गर्न नसकेको दावी गरे ।

‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको अभियान कता पुग्यो भन्दै गजुरेलले सरकारलाई प्रश्न समेत गरे । उनले सरकारले महंगी, भ्रष्टाचार, तस्करीबाहेक जनतालाई अरु केही नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

पत्रकार सम्मेलनमा मोर्चाले सरकारविरुद्ध जागरण अभियान संचालन गर्ने निर्णय गरिएको पनि जानकारी गराएको छ । संयोजक गजुरेलले आगामी चैत्र २४ गते राष्ट्रिय सम्मेलन गर्ने गरी संगठन विस्तारको कामलाई अघि बढाउने निर्णय गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);