काँग्रेस बैठक : पार्टीको विधान मस्यौदामाथिको छलफल जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काँग्रेस बैठक : पार्टीको विधान मस्यौदामाथिको छलफल जारी

congress baithak

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ ।  पार्टीको विधान मस्यौदा समितिले पेश गरेको विधान संशोधन मस्यौदामाथि आईतबार पनि छलफल भईरहेको हो ।

पार्टीको आगामी मंसीर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । आजको बैठकको सुरुमा केन्द्रिय सदस्यहरु शिव हुँमागाँई, फरमूल्लाह मन्सुर, अर्जुन जोशी लगायतका नेताहरुले आ–आफनो धारणा राखि सकेका छन् ।

शर्माले नेताहरुले पार्टीको पदाधिकारी संख्या, केन्द्रिय कार्य समितिको संख्या, भातृ संगठनहरुको विवाद समाधान कसरी गर्ने भन्नेलगायतका विषयमा आ– आफ्नो धारणा राखिरहनु भएको पनि बताए ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रिय समितिमा पेश गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौटि गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेलगायतका माग राखेको छ । बैठकमा असहमतिका पक्षलाई पनि छलफल गरेर सो मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि पनि छलफल गरी आगामी २८ गतेदेखि काठमाडौमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने काँग्रेसको तयारी छ । महासमिति बैठकका लागि आवश्यक राजनीतिक, सांगठनिक र अर्थ नीतिसम्बन्धि प्रस्ताव पनि तयार हुन लागेको र त्यसलाई पनि चालू केन्द्रिय कार्य समिति बैठकबाटै टुंगो लगाइने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);