कांग्रेसको विधान मस्यौदा महासमितबाट सर्वसम्मतिले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेसको विधान मस्यौदा महासमितबाट सर्वसम्मतिले पारित

congress

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसको महासमिति बैठकले संसोधित विधान मस्यौदा पारित गरेको छ । गत मंसिर २९ गतेदेखि सुरु भएको महासमिति बैठकमा शीर्ष नेताहरुबीच बिधान मस्यौदाका बारेमा समहती नजुटेपछि बैठक लम्बिएको थियो ।

शनिवार कांग्रेस केन्द्रिय समितिले संसोधित बिधान अध्ययनका लागि महासमिति सदस्यहरुलाई बाडेको थियो । विधान अध्ययन गरेर आइतबार बसेको महासमिति बैठकले सर्वसम्मतिले पारित गरेको हो । कांग्रेस शीर्ष नेताहरूबीच विधानमा निवाचित कि मनोनित व्यवस्था राख्ने भन्नेमा सहमति नहुँदा चार दिनका लागि बोलाइएको बैठक लम्बिएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १४ सदस्यीय पदाधिकारी राख्ने र कोषाध्यक्षबाहेक अरु पदाधिकारी महाधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने विधान पारित गरी छलफलका लागि महासमिति बैठकमा पेश गरेको थियो ।

संसोधित विधान अनुसार अब कांग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री रहनेछन् । यसअघि पदाधिकारी संख्या सात सदस्यीय रहेको थियो। सभापति, एक महामन्त्री र कोषाध्यक्ष अधिवेशनबाट चुनिएर आएका थिए भने दुई उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री मनोनित गरिएको थियो ।

त्यसैगरी केन्द्रीय कार्यसमिति संख्या पनि बढाइएको छ । अहिले ८५ सदस्यीय रहेको केन्द्रीय समिति संख्या बढाएर १ सय ६७ सदस्यीय बनाइएको छ । नेपाली कांग्रेसले संघीय विधान जारी गर्दै आइतबार महासमिति बैठक टुंग्याएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);