कांग्रेसका संस्थापक भट्टराईको ९५ औं जन्मजयन्ती मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसका संस्थापक भट्टराईको ९५ औं जन्मजयन्ती मनाइयो

krishna prasad bhattarai

फूलमाया आले
काठमाडौं, ८ पुस
। आइतवार नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५ औं जन्म जयन्ती । भट्टराईको नेतृत्वमा दुई पटक बहुमत ल्याउन सफल कांग्रेसमा पछिल्लो समय भने पार्टी भित्र नै आन्तरिक द्धन्द्धका कारण भट्टराई जस्तो सैद्धान्तिक र निश्वार्थी राजनीतिज्ञको अभाव महसुस हुँदै गएको कांग्रेस कार्यकर्ता मात्र हैन अन्य राजनीतिक दलका नेताहरुले समेत बताएका छन ।

आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती मनाइएको छ । नेपाली राजनीतिमा त्यागी, सन्त र निस्वार्थी नेताका रुपमा चिनिएका भट्टराइको नेतृत्वमा दुई पटक आम निर्वाचन भयो । दुबै निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत सहित सरकारमा पठाए ।

भट्टराईको जन्मजयन्तीको अवसरमा आयोजित ललितपुरको बाँडेगाउमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र मानव जातिको कल्याण लोकतन्त्रमा मात्र हुने भएकोले कृष्णप्रसाद भट्टराई लोकतन्त्र कै निम्ती लड्कोे भन्दै भट्टराईको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

भट्टराई मुलुकमा प्रजातन्त्र बहालीको लागि अनवरत सघर्षको पर्याय नै बने । उनले कहिल्यै प्रजातन्त्रप्रतिको निष्ठामा आँच आउन दिएनन् । राजनीतिले जनविश्वास गुमाउँदै गएको यो घडीमा राजनीतिमा त्याग, निस्वार्थ तथा इमान्दारिताको पर्याय बनेका स्वर्गीय भट्टराई सबैका लागि पथ प्रदर्शक बनिरहे।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राजनीतिमा निश्कलङ्क जीवन बिताएको भन्दै उनको योगदान महत्वपूर्ण रहेको बताए ।

अहिले कांग्रेस भित्र कुशल नेतृत्वका अभाव भएको महसुस गर्न थालिएको छ । कृष्णप्रसाद भट्टराईबाट वर्तमान राजनैतिक दलले त्याग र निष्ठाको राजनीति गर्न सिक्नुपर्ने विश्लेषकको भनाई छ ।

त्यस्तै नेताहरुले भट्टराईको मार्गदर्शन पछ्याउदै भट्टराईबाट त्याग, तपस्या, समर्पण र प्रतिबद्धताको राजनीति सिक्न जरुरी रहेको बताएका छन् ।

विक्रम संवत १९८१ पुस कृष्ण एकादशीका दिन जन्मेका भट्टराइलाई कांग्रेसका नेता कार्यकर्ताले आदर्शका रुपमा लिन्छन । तर व्यवहारमा भने भट्टराईका आदर्श देखिँदैन । राजनीतिक दर्शनले मात्रै देश विकास र आधारभूत मानव अधिकारको प्रत्याभूति सम्भव छैन, त्यसका लागि त्याग, तपस्या, समर्पण र प्रतिबद्धता त्यतिकै आवश्यक हुन्छ भन्ने धारणा स्वर्गीय भट्टराइको रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);